अतिक्रमण हटाउन जिल्ला वन कार्यालयलाई निर्देशन

इनेप्लिज २०७२ जेठ ३० गते ४:३१ मा प्रकाशित

Dang_district_locationदेउखुरी (दाङ), ३० जेठ । जिल्ला वन क्षेत्र समन्वय समिति दाङले देउखुरीको कर्री चैलाही सामुदायिक वन क्षेत्रमा भएको अतिक्रमण हटाउन जिल्ला वन कार्यालयलाई निर्देशन दिएको छ ।

समितिले शुक्रबार लमही नगरपालिका वडा नं ९ र १० मा रहेको अतिक्रमित कर्री चैलाही वन क्षेत्रको अनुगमनपछि वन क्षेत्र अतिक्रमण गरी बस्नेमध्ये भूमिहीन, मुक्त कमैया, सिमेन्ट उद्योगलाई जग्गा बचेर अतिक्रमण गरेका वा अन्य मानिसको पहिचान गरी कानुनबमोजिम कार्य गर्न जिल्ला वन कार्यालयलाई निर्देशन दिएको हो ।

समितिको निर्देशनअनुसार वन क्षेत्र अतिक्रमण गरी बस्नेको पहिचान गरी उनीहरूको सूची बनाइने र कानुनले दिएको अधिकार प्रयोग गरी अतिक्रमित क्षेत्र खाली गरिने जिल्ला वन क्षेत्र समन्वय समितिका सदस्य सचिव जिल्ला वन अधिकृत नवराज काफ्लेले बताउनुभयो ।

पहिलो संविधानसभाको निर्वाचनका बेला सुरु भएको वन क्षेत्र अतिक्रमण व्यवस्थान हुन नसक्दा अहिले दिनप्रतिदिन कर्री चैलाही वन क्षेत्रमा अतिक्रमण बढेको वन समूहका अध्यक्ष कृष्ण खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अतिक्रमण गर्नेहरू अन्यत्र जग्गा भएका रहेका छन् ।

प्रतिक्रिया