मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

इनेप्लिज २०७२ जेठ २९ गते ३:४७ मा प्रकाशित

accident-signभीमदत्तनगर, २९ जेठ । महाकाली यातायात बसको ठक्करबाट कञ्चनपुरको देखतभुली गाविसका एक युवकको मृत्यु भएको छ ।

बिहीबार बेलुकी भीमदत्तनगरबाट धनगढीतर्फ गइरहेको म १ ख ५४४ नम्बरको बसको ठक्करबाट देखतभुली–४ कालागौडीका दिनेश रानाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

धनगढीतर्फ गइरहेको बसले महेन्द्र राजमार्गअन्तर्गत कृष्णपुर गाविस–२ वाणीमा विपरीत दिशाबाट आइरहेको राना सवार भे ४ प ५३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका रानाको कैलाली अत्तरीयास्थित पद्मा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर सेठीले जानकारी दिनुभयो ।

प्रतिक्रिया