पथरी (मोरङ), २९ जेठ । विराटनगर उपमहानगरपालिकाले निर्देशन अवज्ञा गर्दै घर बनाउने ११ जनामाथि कारबाही गरेको छ ।
भवन आचारसंहिताविपरीत घर बनाएपछि उपमहानगरपालिकाले ११ घरधनीलाई कारबाही गरेको हो ।
उपमहानगरपालिका घरनक्सा शाखाका इन्जिनियर गोपाल पोखरेलका अनुसार गत वैशाख १२ र २९ गतेको भूकम्पपछि सरकारले नयाँ घर निर्माण अनुमति तथा विस्तारमा रोक लगाए पनि त्यसको अवज्ञा गर्दै घर बनाउन थालेपछि कारबाही गरिएको हो ।
उपमहानगरपालिकाले विराटनगर १, २, ३, १३ र १८ नम्बर वडामा निर्माणाधीन घरको निर्माण रोकेको हो । अनुगमनका क्रममा फेला परेका केही र केहीका छिमेकीले दिएको उजुरीका आधारमा कारबाही गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया