अख्तियारले बृहत्तर जनकपुर परिषदमा छापा मार्‍यो

इनेप्लिज २०७२ जेठ २८ गते १४:४३ मा प्रकाशित

CIAA1जनकपुरधाम, २८ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दीवासले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा आज छापामारी महत्वपूर्ण कागजात आफ्नो कब्जामा लिएको छ ।

बर्दीवासका शाखा अधिकृत मोहमद महफुज अहमदको नेतृत्वमा दिउसो आएको पाँच सदस्यीय टोलीले सो कार्यालयमा छापामारी लेखा र प्रशासन शाखाका महत्वपूर्ण कागजात आफ्नो कब्जामा लिएको हो । परिषद्का अध्यक्ष रामकुमार शर्माले करिब डेढ दर्जन आरोपपत्र अख्तियारको कार्यालयमा दर्ता गरेपछि सो टोली आएको बताउनु भयो ।

टोलीले बृहत्तरका कार्यकारी निर्देशक उमेश यादवको कार्यकक्षमा गई हाजिरी रजिष्टरसहित महत्वपूर्ण कागजात आफ्नो कब्जामा लिएको जनाईएको छ ।

प्रतिक्रिया