ताप्लेजुङमा नेपाली सेनाद्वारा खोज तथा उद्धार कार्य जारी

इनेप्लिज २०७२ जेठ २८ गते १४:२७ मा प्रकाशित

150502082257_army_rescue_nepal_quake_304x171_epa_nocreditकाठमाडोँ, २८ जेठ । हिजो साँझदेखि परेको अविरल वर्षाको कारण ताप्लेजुङ जिल्लाको पश्चिम क्षेत्रका लिवाङ, लिङतेप, खोक्लिङङ्ग, थिङलाबु, सान्थाक्रा र मामाङखे गाविसमा पहिरो गएको जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धार कार्यको लागि नेपाली सेनाको टोली परिचालन गरेको जनाएको छ ।

खोज तथा उद्धार कार्यका लागि तत्काल नेपाली सेनाको ताप्लेजुङस्थित गुल्मबाट दुई टोली परिचालन गरी पहिरोले पुरिएका आठ जनालाई उद्धार गरी सेनाको हेलिकप्टरबाट सदरमुकाम पुर्‍याएको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ ।

सोही उद्धार गरिएको व्यक्तिहरूमध्ये तीनजना गम्भीर घाइतेहरूलाई उपचारको निमित्त हेलिकप्टरद्वारा विपी अस्पताल धरान पु¥याइएको छ । त्यस्तै दोस्रो टोली थिङलाबु गाविसमा पुग्ने क्रममा रहेको छ ।

सेनाद्वारा खोज, उद्धार, राहत, भग्नावशेष हटाउने कार्य जारी

नेपाली सेनाले आज बिहानसम्म रसुवा जिल्लाको रिभर साइडबाट घोडातवेलासम्मको चार किलोमिटर बाटो खुलाएको छ ।

त्यस्तै दोलखा जिल्लाको सिंगटी सडकखण्डमा आज विहानसम्म ५०० मिटर पहिरो हटाई हालसम्म १५.७ किमि सडक खुलाएको छ भने सिंगटीबाट लादुक जाने बाटोको ४०० मिटर पहिरो हटाई हालसम्म दुई किलोमिटर सडक खुलाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

त्यसैगरी आजसम्म हवाई साधनद्वारा भूकम्प प्रभावित धादिङमा ३.३५ टन राहत सामग्री पुर्‍याएको छ । स्थलमार्गबाट सिन्धुपाल्चोक जिल्लामा ८.९ टन खाद्यान्न र ७.९ टन अन्य राहत सामग्री, गोरखा जिल्लामा २१.९२ टन खाद्यान्न र १.८२ टन अन्य राहत सामग्री, ओखलढुङ्गामा ५.११ टन खाद्यान्न र ४.९३ टन अन्य राहत सामग्री, रसुवा जिल्लामा ४.२ टन खाद्यान्न र २८.०३ टन अन्य राहत सामग्री, सिन्धुली जिल्लामा २.९ टन खाद्यान्न र ०.५ टन अन्य राहत सामग्री, मकवानपुर जिल्लामा ३.८ टन खाद्यान्न र ०.३ टन अन्य राहत सामग्री, काठमाण्डौ जिल्लामा ३१.७ टन खाद्यान्न र २१.२ टन अन्य राहत सामग्री तथा भक्तपुर जिल्लामा ३.२ टन अन्य राहत सामग्री पुर्‍याएको जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले उपत्यका तथा उपत्यका बाहिरका जोखिमयुक्त घर तथा पुरातात्विक संरचनाहरू भत्काउने एवम् भग्नावशेष व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।

प्रतिक्रिया