हेवा खोलामा आएको बाढीले काठेपुल बगाउनुका साथै हाइड्रोपावरमा क्षति

इनेप्लिज २०७२ जेठ २८ गते ४:३७ मा प्रकाशित

talo_hewa_hydropowerसङ्खुवासभा, २८ जेठ । गएरातिबाट परेको अविरल वर्षाका कारण सङ्खुवासभाको हेवा खोलामा आएको बाढीले जलजला–५ मा रहेको पुरानो कोठेसाँघुको पुल, मुखेबुङ्ग, जलजला–३ को त्रिवेणी पुल, चौरीखर्क पुल, सिम्ले काठेपुल, सातपत्रे काठेपुल र दोभाने काठेपुल बगाएको छ ।

त्यसैगरी निगुरेको हाइड्रोपावर, चौरीकर्खमा रहेको जलजला–१ को हाइड्रोपावर र हेमा खोला हाइड्रोपावरमा क्षति पु¥याएको छ ।

त्यस्तै दुई दर्जन राजकुलो बगाएको छ भने चैनपुर नपा १२ र १३ को तीन घरको अन्जादी ५०० रोपनी खेत बगरमा परिणत भएको छ ।

जलजला–३ मा रहेका अलैँची बगान, भेषराज राई, श्रीलाल राई, नरहरि राई, बिलप्रसाद राईलगायतको अलैँची बगान बगाएको छ ।

दोभानेमा रहेको तामाङ बस्ती उच्च जोखिममा छ । अहिलेसम्म पानीको लोदो आइरहेको स्थानीयवासी बताउँछन् । सो स्थानमा स्थानीयवासी, सुरक्षाकर्मीलगायतले क्षतिको स्थलगत निरीक्षण गरिरहेका छन् । विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया