चट्याङ लागेर चेपाङको मृत्यु

इनेप्लिज २०७२ जेठ २८ गते २:५४ मा प्रकाशित

thunderstromeरत्ननगर (चितवन), २८ जेठ । चितवनको विकट सिद्धी गाविसमा चट्याङ लागेर एक जनाको मृत्युभएको छ ।

सिद्धी गाविसको वडा नम्बर २ बस्ने स्थानीय ४५ वर्षीय लोकबहादुर चेपाङको चट्याङ लागेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएराति हावाहुरीसहित वर्षा भएका बेला यहाँ चट्याङ परेको र सो क्रममा चट्याङ लागेर ४५ वर्षीय लोकबहादुरको घटनास्थलमै मृत्युभएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया