नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणमा अनेसासको भूमिका

इनेप्लिज २०७२ जेठ २७ गते १७:१६ मा प्रकाशित

DSC00664अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष कवि पदम विश्वकर्माको स्वागतमा नेपाल प्रज्ञा–प्रतिष्ठानले स्रष्टा भेटघाट तथा स्वागत कार्यक्रमको आयोजना गर्यो |

अनेसास भूकम्प पीडित राहत कोषसम्बन्धी आवश्यक कार्यका लागि नेपाल आउनु भएका कवि पदम विश्वकर्माले कार्यक्रममा “नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणमा अनेसासको भूमिका” विषयमा आफ्नो विचार प्रस्तुत गर्नुभयो । उहाँले नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि अनेसास, एनआरएन जस्ता मुलुक बाहिरका संस्थाले प्रज्ञा–प्रतिष्ठान जस्तो सरकारी स्तरको संस्थासँग मिलेर विभिन्न सहकार्यमूलक कार्यक्रमहरु गर्न सक्ने भएकाले यस विषयमा छलफल हुन आवश्यक रहेको बताउनु भयो ।

सोहि अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष साहित्यकार राधेश्याम लेकालीले अनेसासको गतिविधिमा प्रकास पार्दै नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि अनेसासले अनेक प्रयास गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा बिभिन्न छलफल र गोष्ठीहरूको आयोजना गरिएको बताउनु भयो | उहाँले डायस्पोरा साहित्यको स्पस्ट परिभाषा हुनु पर्ने बताउंदै नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली लेखक परिचय पत्र प्रदान गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै डायस्पोरा साहित्यको विकासका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानले गर्न लागेको योजना उपयुक्त रहेको पनि बताउनु भयो | उहाँले प्रतिष्ठानलाइ पर्याप्त बजेट उपलब्ध गराइनु पर्नेमा पनि जोड दिनु भयो |

कार्यक्रमका सभापति नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि नेपालीपन झल्कने खालका पुस्तकहरुको अनुवाद गरेर विश्व समुदायमा पुर्याउनु पर्नै बताउनु भयो । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, सदस्य- सचिव जीवेन्द्रदेव गिरी र सन्ध्या पहाडीलगायतले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो |

कार्यक्रममा गुञ्जनका अध्यक्ष गीता केशरी, प्रा.डा. खगेन्द्र लुइँटेल, साहित्यकार हिरण्य कुमारी पाठकलगायत प्राज्ञ, साहित्यकार पत्रकारलागायतको उपस्थिति रहेको थियो |

प्रतिक्रिया