राप्रपा नेपालको नौबुँदे फरक मत प्रस्तुत

इनेप्लिज २०७२ जेठ २७ गते १५:०८ मा प्रकाशित

raprapa-nepalकाठमाडौँ, २७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिमा नयाँ संविधानका अन्तरवस्तुकाबारेमा नौबुँदे फरक मतको प्रस्ताव प्रस्तुत गरेको छ ।

समितिको आज साँझ बसेको बैठकमा प्रमुख चार दलले सोह्रबुँदे सहमतिको दस्तावेज प्रस्तुत गरेको पृष्ठभूमिमा राप्रपा नेपालले संविधानका अन्तरवस्तुमा नौबुँदे फरक मतको प्रस्ताव प्रस्तुत गरेको जनाएको छ ।

बैठकपछि सो पार्टीका अध्यक्ष कमल थापाले नयाँ संविधान लेखनलाई अघि बढाउने सिलसिलामा चार दलले प्रस्तुत गरेको धर्म निरपेक्षको सट्टा सनातन हिन्दू राज्य हुनुपर्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, व्यवस्थापिका–संसद्मा दुईतिहाई बहुमतका आधारमा संशोधन गर्न पाउने व्यवस्था र जनताको सर्वाेच्चतालाई स्वीकार्दै संविधानका कुनै पनि धारामा अपरिवर्तनीय बनाउन नहुने सरल संविधान निर्माणजस्ता कुरामा फरक मत समितिमा प्रस्तुत गरेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया