दुुर्घटनामा एकको मृत्यु, चौध घाइते

इनेप्लिज २०७२ जेठ २७ गते १४:५१ मा प्रकाशित

accident-signपरासी, २७ जेठ । पूर्वबाट पश्चिम जाँदै गरेको लु१ख ३३६९ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको बा१०ख ४८५९ नम्बरको कार आज सुनवल नगरपालिकास्थित कीर्तिपुरमा एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १४ घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएकी रुपन्देहीको बुटवल उपमहानगरपलिका बस्ने ६० वर्षीया गोमा न्यौपानेको उपचारको क्रममा मृत्यु भएको हो ।

अन्य घाइतेहरुको बुटवलस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया