पुनःनिर्माण र नवनिर्माणमा नयाँ ढाँचा लागू गर्नुपर्ने

इनेप्लिज २०७२ जेठ २७ गते १४:२७ मा प्रकाशित

Narayan-kaji-Shresthaगोरखाबजार, २७ जेठ । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ संविधान जारीपछि मात्र भूकम्पपीडितलाई स्थायी पुनर्वासको व्यवस्था मिलाउने बताउनुभएको छ ।

भूउपयोग नीति बनाएर पुनःनिर्माण र नवनिर्माणको योजना बनाउन सरकारलाई आग्रह गर्दै उहाँले विकासको नयाँ ढाँचा लागू गर्नुपर्ने धारणा राख्नु भयो ।

गोरखाको जौवारी–२ स्थित फिनाम प्राविको नवनिर्मित भूकम्प प्रतिरोधी भवनको आज उद्घाटन गर्दै नेता श्रेष्ठले अबको डेढ महिनाभित्र संविधान जारी हुने दाबी गर्नु भयो । उहाँले भूकम्पपीडितलाई निरास नहुन आग्रह गर्दै मनोबल उच्च बनाएर आफ्नो गाउँ आफै बनाउन अपिल गर्नुभयो ।

छकोठे भूकम्प प्रतिरोधात्मक उक्त भवन जापानको सियुओन ९कष्थयगल० संस्थाले रु ११ लाखको लागतमा छ दिनमा बनाइदिएको हो । सो विद्यालयमा १०५ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया