भूकम्पबाट हालसम्म आठ हजार ७८१ को मृत्यु

इनेप्लिज २०७२ जेठ २७ गते १४:२१ मा प्रकाशित

vukampa-kavreकाठमाडौँ, २७ जेठ । गत वैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पमा परी आज साँझसम्म आठ हजार ७८१ जनाको ज्यान गुमेको छ भने २२ हजार ३०३ जना घाइते भएका छन् ।

भूकम्पबाट ज्यान गुमाउनेमा उपत्यकामा एक हजार ७३२, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा छ हजार ५२८, पश्चिम क्षेत्रमा ४६१ र मध्य पश्चिम क्षेत्रमा दुई जना रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै घाइते हुनेमा उपत्यकामा १३ हजार १०२, पूर्व क्षेत्रमा ४५२, मध्य क्षेत्रमा सात हजार ४७०, पश्चिम क्षेत्रमा एक हजार २४१, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूरपश्चिम क्षेत्रमा दुई छन् । घाइतेमध्ये चार हजार ४०२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । त्रिवि शिक्षण अस्पतालमा रहेको १५ शवको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया