काभ्रेपलाञ्चोकमा एमाओवादीको श्रम शिविर सकियो

इनेप्लिज २०७२ जेठ २७ गते ६:५८ मा प्रकाशित

Prachanda-बनेपा, २७ जेठ । एकीकृत नेकपा माओवादीले काभ्रेपलाञ्चोकमा सुरु गरेको १५ दिने श्रम शिविर विद्यालयका अस्थायी टहरा बनाउनुका साथै सरसफाइ गरेर मंगलबार सकिएको छ ।

भूकम्पबाट बढी प्रभावित उपेक्षित समुदाय, शिक्षा, स्वास्थ्य, सहिद परिवारलाई प्राथमिकतामा राखेर जिल्लाको जैसीथोक गाविसबाट सुरु भएको श्रम शिविरमा जिल्लाका पाँचवटा विद्यालयका लागि अस्थायी टहरा बनाउनुका साथै बस्न अयोग्य भएका विद्यालयलाई पुनःनिर्माणसमेत गरिएको एमाओवादीका केन्द्रीय सदस्य सूर्यमान दोङले जानकारी दिनुभयो ।

उहाँले अन्य २५ वटा विद्यालयमा पुनःनिर्माणको काम भएको उल्लेख गर्दै हामीले निर्माण गर्दै तत्काल नै विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छौँ भन्नुभयो ।

जिल्लाको खास गरी कोलातिभूम्लुको शारदा उच्च माध्यमिक विद्यालय, बनेपाको आजाद उच्च मावि, तिमाल क्षेत्रको जनचेतना उच्च माविलगायतका विद्यालयमा पुनःनिर्माणको काम भएको उहाँले बताउनुभयो ।

भूकम्पबाट सबैभन्दा बढी शिक्षा र स्वास्थ्य क्षेत्र प्रभावित भएकाले यसलाई प्राथमिकतामा राखेर काम गरेका हौँ पार्टीका केन्द्रीय सदस्य दोङले भन्नुभयो ।

जिल्लाको क्षेत्र नं ४ बाट सुरु भएको श्रम शिविरका लागि मुख्य चार टोली गठन भएका र अन्य गाउँस्तरीय टोलीमार्फत श्रम शिविर सञ्चालन भएको थियो ।

पार्टीले तोेकेका नेतादेखि कार्यकर्तासम्म हामी सबै श्रम शिविरमा सहभागी भएका थियौँ उहाँले भन्नुभयो । पार्टीका पोलिटब्युरो सदस्य लिलामणी पोखरेलले नेतृत्व गरेको सो कामका लागि ४०० को हाराहारीमा कार्यकर्ता परिचालन भएका थिए ।

प्रतिक्रिया