भूकम्पपीडितलाई सूर्योदय वित्तीय संस्था गुल्मीको नगद सहयोग

इनेप्लिज २०७२ जेठ २७ गते ६:०१ मा प्रकाशित

गुल्मी, २७ जेठ । भूकम्पबाट पूर्णरुपले घर क्षति भएका ११ भूकम्पपीडित परिवारलाई नगद रु १६ हजार ५०० र राहत वितरण गरिएको छ ।

गुल्मीका वामी, पौदीअमराई, कुर्घा गाविस तथा बागलुङका दगातुम्डाँडा र रिघा गाविस गरी पाँच गाविसभित्रका सूर्योदय लघुवित्त वित्तीय संस्था वामीटक्सार शाखा गुल्मीसँग आबद्ध ११ सदस्यलाई प्रति सदस्य रु एक हजार ५०० सहयोगस्वरुप राहत वितरण गरिएको संस्थाका वामीटक्सार शाखा प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आफ्नो संस्थामा आबद्ध भूकम्पपीडित सदस्यलाई केही सहयोग पुगोस् भनी १२ प्रतिशत ब्याजदरमा प्रतिव्यक्ति रु २० हजारका दरले ४० जनालाई रु आठ लाख आकस्मिक कर्जाअन्तर्गत ऋण लगानी गरेको छ ।

प्रतिक्रिया