विद्यालय र छात्रावासलाई जस्तापाता वितरण

इनेप्लिज २०७२ जेठ २७ गते ५:५७ मा प्रकाशित

jastapata-bitaranधुन्चे (रसुवा), २७ जेठ । यस जिल्लामा भूकम्पबाट क्षति पुगेका विद्यालय र छात्रावासलाई दाताहरुबाट जस्तापाता सहयोगस्वरुप प्राप्त हुन थालेको छ ।

सैनिक श्रीमती सङ्घ (नेपाली सेना)ले स्याफ्रुबेँसीको श्यामेवाङखेल उच्च माविको छात्रावास निर्माणका लागि पठाएको ३०० जस्तापाता नारायणदलगणका गणपति लक्ष्मण थापामार्फत प्राप्त भएको सो विद्यालयका प्राधानाध्यापक माधव लामिछानेले बताउनुभयो ।

प्राप्त जस्तापातालाई विद्यालयको छात्रावास निर्माणमा उपयोग गरिने छ ।
सो विद्यालयमा धादिङको तिप्लिङलगायतका विकट क्षेत्रबाट अध्ययनका लागि आएका बालबालिका अध्ययन गर्ने गर्दछन् ।

प्रतिक्रिया