सोमबार, माघ १० २०७८
काठमाडौं ०२:०७
वासिङटन डिसी 15:22

पूर्व सभासद् शान्ता चौधरी विद्यालय भर्ना

इनेप्लिज २०७२ जेठ २७ गते ४:४० मा प्रकाशित

c5cad36bff4da825da5717182fdc14c9_Lतुलसीपुर (दाङ), २७ जेठ । पूर्व सभासद् शान्ता चौधरी उच्च मावि डाँडा गाउँमा कक्षा ८ मा भर्ना हुनुभएको छ ।

पढ्ने चाहनालाई उमेरले रोक्दैन भन्दै उहाँ स्कुल भर्ना हुनुभएको हो । चौधरी पूर्व कम्लहरीसमेत हुनुहुन्छ । पैँतीस वर्षीया शान्ताका श्रीमान् वैदेशिक रोजगारका सिलसिलामा खाडी मुलुकमा हुनुहुन्छ । उहाँका दुई छोराछोरीमध्ये छोरा कक्षा ९ मा र छोरी कक्षा ७ मा काठमाडौँमा एक निजी विद्यालयमा अध्ययनरत छन् ।

चौधरी नेकपा (एमाले) का नेतासमेत हुनुहुन्छ । उहाँले पहिलो संविधानसभामा एमालेबाट सभासद् बन्नु भएपछि प्राकृतिक स्रोत व्यवस्थापन समितिका संयोजक रहनुभएको थियो ।

उहाँले ‘कम्लहरीदेखि सभासद्सम्म’ भन्ने पुस्तक प्रकाशन गरेर राष्ट्रिय पुरस्कारसमेत प्राप्त गर्नुुभएको छ ।

प्रतिक्रिया