चितुवाको छाला बिक्री गर्न लागेका पक्राउ

इनेप्लिज २०७२ जेठ २६ गते १५:५५ मा प्रकाशित

imagesकाठमाडौँ, २६ जेठ । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले चितुवाको छाला बिक्री गर्न लागेका शङ्खरापुर नगरपालिका–८ का नवीन खड्गेलाई पक्राउ गरेको छ ।

दुर्लभ वन्यजन्तु चितुवाको छाला बिक्री गर्न लागेको विशेष सूचनाका आधारमा व्यूरोबाट खटिएको टोलीले मङ्गलबार काठमाडौँ महानगरपालिका–३४ शान्तिनगरबाट चितुवाको एक थान छालासहित शङ्खरापुर नगरपालिका–८ का खड्गेलाई पक्राउ गरिएको व्यूरोले जनाएको छ ।

चालु आर्थिक वर्षमा वन्यजन्तुको चोरी शिकारी गरी तिनको अङ्गप्रत्यङ्ग तस्करी गर्ने २३ जनालाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया