आक्रमणको भत्र्सना

इनेप्लिज २०७२ जेठ २६ गते १५:२६ मा प्रकाशित

fnjकाठमाडौँ, २६ जेठ । नेपाल पत्रकार महासङ्घले समाचारको विषयलाई लिएर म्याग्दी जिल्ला लुलाङ गाविस सचिव सोमबहादुर खत्रीले महासङ्घ म्याग्दी शाखाका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य (शिव) माथि गरेको आक्रमणको भत्र्सना गरेको छ ।

‘नवविकल्प’ साप्ताहिकका सम्पादकसमेत रहनुभएका आचार्यलाई गाविस सचिव खत्रीले सोमबार साँझ बेनी बजारको शान्ति टोलमा रहेको पत्रिकाको कार्यालय पुगेर काम गरिरहेको अवस्थामा आक्रमण गरेको र आक्रमणबाट खत्रीको टाउको, अनुहार र देब्रे हातमा चोट लागेको जनाएको छ ।

नवविकल्प साप्ताहिकको पछिल्लो अङ्कमा गाविस सचिव खत्रीका बारेमा समाचार प्रकाशन भएपछि सचिवले आक्रमण गरेको जनाएको छ ।

महासङ्घका महासचिव उजिर मगरले आज एक विज्ञप्ति प्रकाशित गरी प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर कानुनी उपचारका मार्गप्रशस्त हुँदाहुँदै निजामती सेवामा बहाल जिम्मेवार कर्मचारीबाट भएको यो आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो भनिएको छ ।

महासङ्घ सम्पादक आचार्यमाथि भएको आक्रमणको घोर निन्दा गर्दै घटनाका दोषी सचिव खत्रीमाथि तत्काल कानुनी तथा निजामती ऐनअनुसार कारवाही गरी पत्रकारको स्वतन्त्र रूपमा समाचार लेख्न पाउने अधिकारको रक्षा र भौतिक सुरक्षाको ‘ग्यारेन्टी’ गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया