विश्व शान्तिका अग्रदुत तिमी ‘बुद्ध’
यतिखेर तिम्रो जन्मभूमी अशान्तछ
कोलाहलपूर्णछ, चित्कार र क्रन्दनले
लाग्छ सारा जगत आल्हादितछ
विव्हलछ अनि छ त्राहीत्राही मन
थाहा छैन कुन घडीमा, कुन क्षणमा
हुने हो मृत्युघोषणा वस मात्र
प्रतिक्षाछ त्यस पलको, पलपल
हे ‘बुद्ध’ अब त तिमी आँखा खोल
यी अकल्पनीय, बिचित्र चित्र हेर्न !!
तिमी अनविज्ञ र अछुतो छैनौं
यस भयङ्कर कम्पनबाट
‘बुद्ध’ शान्तिका रङ्गहरु
रगत र आँशुले पखालिदैछन्
तिम्रो शान्तिको संदेश बोक्नेहरु
कुनै बाटोमा हिड्दाहिड्दै चिहान बने
प्रेम बाड्नेहरु कतै निर्घात मृत्यु पाइसके
तिमी कतिञ्जेल मौन बस्छौ अझै ‘बुद्ध’ ?
शास्वत सत्य तिमी यस सत्यको अनुभूत गर
अनि सुन यी पीडादायी बिनय र आहटहरु !!
आँखै अघि यसरी युग बोकेका सम्पदाहरु ढले
हेर्दाहेर्दै मानव बस्तिहरु ध्वस्त भए तासे घरझैँ
गर्ल्यामगुर्लुम तर दुर्भाग्य सपना थिएन त्यो
कहिल्यै सोमरस नपिउनेहरुलाई पनि मात
लागेको थियो बेस्सरी लागेको थियो, काश:
भइदिए हुन्थ्यो मानिस मातेकै सहि तर उनीहरु
पिएका थिएनन् त्यो त तितो भोगाइको थियो
कोकोहोलो चिच्याहट र त्रासको पो थियो, कठै !
हर श्वासमा इश्वर जप्दथे तर उनै दयालु इश्वर
यतिखेर यति निर्दयी बनि प्रस्तुत थिए !!
अहँ, उ सुन्दैन यतिखेर आमा खोसिएका
ती टुहुरोको क्रन्दन, स्वास्नी र सन्तान
आफ्नै घरले पुरिएको पुकार, आमाबाबु
खोसिएका सन्तानको कामना अनि ती
बुढेसकालमा बेसहारा हुनुको पीडाले
गड़ेका अबरुद्ध बृद्धाबृद्धका गला उ सुन्दैन
आउ अब तिमी त्यो शान्तिको शीतल छर
हरेक विक्षिप्तपूर्ण घाउमा प्रेमको मल्हम दल
अब उठ ‘बुद्ध’ खोल तिम्रो आँखा अनि हेर
ती चिरा चिरा परि चह-याईरहेका घाउहरु
अब आँखा खोल हे ‘बुद्ध ‘ !!
प्रतिक्रिया