दुई किशोरीद्वारा आत्महत्या

इनेप्लिज २०७२ जेठ २५ गते ४:४० मा प्रकाशित

susideगौशाला, २५ जेठ । महोत्तरीको दुई छुट्टाछुट्टै स्थानमा गएराति दुई किशोरीले झुन्डिएर आत्महत्या गरेका छन् ।

जिल्लाको सिमरदही गाविस–७ बस्ने कौशल ठाकुरकी १८ वर्षीया छोरी नितुकुमारी ठाकुरले आफ्नै सुत्ने कोठाको पङ्खामा पासो लगाई झुन्डिएर आत्महत्या गरेकी छिन् ।

त्यस्तै, जिल्लाको बनौली दनौली गाविस–१ बस्ने सुकन मण्डलकी १६ वर्षीया छोरी मन्तोरिया देवीले आफू सुत्ने कोठाको छानोमाथि पासो लगाई झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरीनायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

एकै राति दुई स्थानमा दुईजना किशोरीले के कति कारणले आत्महत्या गरे भन्नेबारे परिवारजनलाई केही थाहा नभएको भन्दै प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ भने मृतक दुवै किशोरीको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको प्रहरीनायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया