एमालेद्वारा काभ्रेमा अस्थायी संरचना विद्यालयलाई हस्तान्तरण

इनेप्लिज २०७२ जेठ २४ गते १४:१९ मा प्रकाशित

Rss_Images_1433660433652_RG-Bkt-Taharaबनेपा, २४ जेठ । नेकपा (एमाले) ले काभ्रेपलाञ्चोक जिल्लामा तयार गरेका विभिन्न अस्थायी संरचना विद्यालय व्यस्थापन समितिलाई आज हस्तान्तरण गरेको छ ।

पार्टी उपाध्यक्ष विद्या भण्डारीले काभे्रपलाञ्चोकको क्षेत्र नं ३ नयाँगाउँस्थित महाकाली उच्च माविका चार कोठा र देउपुरस्थित महाँकालेश्वर प्राविका नयाँ अस्थायी संरचना विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो ।

उपाध्यक्ष भण्डारीले नेकपा (एमाले)द्वारा सञ्चालित राष्ट्रिय स्वयम्सेवक परिचालन अभियान भूकम्पपीडित जनताको घाउमा मलमपट्टी लगाउने अभियानको रुपमा स्थापित भएको जिकिर गर्दै अरु पार्टीले प्रचार गरेका छन् तर हाम्रा स्वयम्सेवकले यथार्थमै काम गरेर जनताको मन जितेका छन् भन्नुुभयो ।

कार्यक्रममा एमाले बैकल्पिक पोलिट्ब्युरो सदस्य युवराज कार्की, केन्द्रीय सदस्य ईश्वरी रिजाल, पूर्व जिल्ला अध्यक्ष गोकुल बाँस्कोटालगायतको उपस्थिति थियो ।

जिल्लाको क्षेत्र नं ३ मा हालसम्म देउपुर र नयाँगाउँमा १२४ नयाँ अस्थायी घर निर्माण गरिएको छ भने २३ वटाको भग्नावशेष हटाइएको छ । दुई वटा विद्यालयका नयाँ अस्थायी संरचना निर्माण गरिएको र एउटाको भग्नावशेष हटाएर सफा गरिएको एमालेले जनाएको छ ।

त्यस्तै, फूलबारी गाविस १, ३ र ४ मा फरवार्डका तर्फबाट उपलब्ध जस्तापाता वितरण गरी नयाँ अस्थायी घर निर्माणको काम थालिएको छ । यसक्रममा आज चारवटा अस्थायी घर बनेका छन् भने मथुरा पाटी माविको भवन निर्माणको क्रम जारी छ ।

प्रतिक्रिया