पुनःस्थापना र पुनःनिर्माणलाई राष्ट्रिय एजेण्डा बनाइनुपर्र्छ: उपमहासचिव पौडेल

इनेप्लिज २०७२ जेठ २४ गते १२:१९ मा प्रकाशित

Bishnu-Paudel(1)ललितपुर, २४ जेठ । नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेलले वर्तमान अवस्थामा पुनःस्थापना र पुनःनिर्माणको कार्यलाई राष्ट्रिय एजेण्डा बनाउनुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) ललितपुर क्षेत्र नं १ राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुक विपत्को अवस्थामा रहेको हुँदा पार्टीगतभन्दा पनि निःस्थार्थ भावनाका साथ सरकारले नै स्वयम्सेवक परिचालन गर्नुपर्ने बताउनुभयो ।

सभासद् सुशीला नेपालले भूकम्पबाट बढी प्रभावित १४ जिल्लामा अन्य जिल्लाका स्वयम्सेवकलाई समेत खटाउनुपर्नेमा जोड दिनुभयो ।
यही जेठ १० गतेदेखि ललितपुरमा सुरू स्वयम्सेवक परिचालन अभियानमा ३९ वटा टहरा निर्माण गरिसकिएको सो अवसरमा जानकारी दिइयो ।

अभियान हालसम्म सहर केन्द्रित भए पनि सोमबारदेखि दक्षिण ललितपुरका ग्रामीण क्षेत्रमा स्वयम्सेवक खटिने अभियानकर्ता चेतनाथ सञ्जेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया