वृद्धका परिवारलाई नगद राहत

इनेप्लिज २०७२ जेठ २४ गते १:१७ मा प्रकाशित

त्रिशूली (नुवाकोट), २४ जेठ । भूकम्पबाट अति प्रभावित नुवाकोटका तीन गाविसका वृद्धलाई एक संस्थाले शनिबार नगद राहत प्रदान गरेको छ ।

गोस्र्याङ, रातमाटे र गेर्खु गाविसका ६० वर्षमाथिका भूकम्प प्रभावित ज्येष्ठ नागरिकका ७८१ परिवारलाई जनही रु सात हजारका दरले वितरण गरिएको हो । हेल्पएज इन्टरनेसनल नेपालको सहयोगमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, काठमाडौँ र जिल्ला भूमिअधिकार मञ्च, नुवाकोटको समन्वयमा अतिप्रभावित ज्येष्ठ नागरिक घरधुरीको पहिचान गरी आर्थिक सहयोग प्रदान गरिएको हो ।

सहयोगी संस्था आत्मनिर्भर सेवा केन्द्रका प्रकाशन अधिकृत विश्वास नेपालीले राहतस्वरुप नगदै वितरण गर्दा प्रभावित परिवारले आफ्नो आवश्यकताअनुसारका क्षेत्रमा खर्च गर्न सक्ने बताउनुभयो । गोस्र्याङ गाविसका ३१५, रातमाटेका २१५ र गेर्खु गाविसका २५१ ज्येष्ठ नागरिक परिवार यसबाट लाभान्वित भएका छन् ।

प्रतिक्रिया