तीन वर्षयताकै गर्मी दिन आज

इनेप्लिज २०७२ जेठ २३ गते १६:१७ मा प्रकाशित

24-summer-300काठमाडौँ, २३ जेठ । काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि हुने क्रम जारी छ । आज दिउँसो यहाँको तापक्रम ३५ डिग्री सेल्सियस मापन भएको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सन् २०१२ जुन ३१ मा राजधानीको तापक्रम ३५.२ डिग्री सेल्सियस पुगेको थियो । आजको दिन तीन वर्षयताको सबैभन्दा बढी गर्मी दिन हो ।

गत मङ्गलवार र बुधवार काठमाडौँ उपत्यकाको तापक्रम ३३.५ डिग्री सेल्सियस थियो भने शुक्रबार त्यो ३२ डिग्री सेल्सियसमा झेरेको थियो ।

मध्य र पश्चिम क्षेत्रमा तापक्रम वृद्धिको क्रम जारी रहने उक्त विभागले जनाएको छ । त्यसैगरी सन् १९८९ मे महिनामा काठमाडौँको तापक्रम पुगेको थियो ।

प्रतिक्रिया