चौध बालकको उद्धार

इनेप्लिज २०७२ जेठ २३ गते १५:४२ मा प्रकाशित

Rautahat_district_locationरौतहट, २३ जेठ । काम लगाइदिने भन्दै भारत मुम्बई लैजाँदै गरेको अवस्थामा शुक्रबार साँझ १४ बालकको उद्धार गरिएको छ ।

गौर भन्सारको दशगजा क्षेत्र नजिकै रहेको बालबालिका तथा महिला निगरानी बुथ र भन्सार सुरक्षा बलको सहयोगमा उनीहरुको उद्धार गरिएको हो ।

उद्धार गरिएका बालकमा लक्ष्मीपुर दोस्तिया गाविस वडा नं ३ र ४ बस्ने १३ वर्षीय जाकिर आलम, १२ वर्षीय अनबारुल धोवी, १४ वर्षीय शेख करिमुल्लाह र १२ वर्षीय नजामुद्दीन छन् ।

त्यस्तै, गम्हरिया बिर्ता गाविस–७ र ९ वस्ने १३ वर्षीय शेख मेराज, १५ वर्षीय जमिलअख्तर, १४ वर्षीय जावेद अन्सारी, १३ वर्षीय मुकदम आलम, १२ वर्षीय शेख हबिब र १३ वर्षीय नजाम धुनिया छन् ।

कटहरिया आसपासका क्षेत्रका १२ वर्षीय मनोजकुमार बैठा, १३ वर्षीय दीपलाल बैठा, १५ वर्षीय सन्तोष पासवान, १३ वर्षीय सञ्जय पासवान र १४ वर्षीय सीयाराम महरा छन् ।

उद्धार गरिएको बालकलाई अभिभावकको जिम्मा लगाइएको महिला सुरक्षा दबाब समूहका कार्यक्रम संयोजक तथा मानव अधिकारकर्मी टीका घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया