भूकम्पमा परी आठ हजार सात सय बढीको मृत्यु, बाइस हजार पाँचसय घाइते

इनेप्लिज २०७२ जेठ २३ गते १५:३७ मा प्रकाशित

kirtipur-earthquake-6काठमाडौँ, २३ जेठ । भूकम्पमा परी आठ हजार सात सय १६ जनाको मृत्यु भएको छ भने बाइस हजार पाँचसय घाइते भएका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षबाट प्राप्त पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकामा एक हजार सात सय ३१, पूर्वाञ्चलमा ५८, मध्यमाञ्चलमा छ हजार चार सय ६४, पश्चिमाञ्चलमा चार सय ६० र मध्यपश्चिमाञ्चलमा दुई जनाको मृत्यु भएको छ ।

त्यसैगरी काठमाडौँ उपत्यकामा १३ हजार २०, पूर्वाञ्चलमा चार सय ५२, मध्यमाञ्चलमा सात हजार सात सय ४७, पश्चिमाञ्चलमा एक हजार दुई सय ४२, मध्यपश्चिमाञ्चलमा ३६ जना र सुदूरपश्चिमाञ्चलमा दुई जना घाइते भएका छन् ।

भूकम्पमा ज्यान गुमाएका आठ हजार छ सय ८१ जनाको शव आफन्तलाई हस्तान्तरण गरिसकिएको तथा घाइतेमध्ये चार हजार चार सय दुई जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया