कुकुर काल बन्यो

इनेप्लिज २०७२ जेठ २३ गते १५:२७ मा प्रकाशित

accident-signकाठमाडौँ, २३ जेठ । स्थानीय पानीपोखरीमा आज बिहान बाटोमा हिँडिरहेको कुकुरलाई विपरीत दिशाबाट द्रुत गतिमा हुँइकिएको मोटरसाइकल ठोक्किदा एक युवकको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–३ पानीपोखरीमा बा.५० प ७८८० नम्बरको मोटरसाइकल कुकुरसँग ठोक्किदा उदयपुर नानिटार गाविस–९ का २२ वर्षीय दावागेल्बु शेर्पाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया