महोत्तरी, २३ जेठ । महोत्तरीको बर्दिबासस्थित न्यु फेसन बलेक्सन सेन्टरमा आज बिहान आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।
बर्दिबास नगरपालिका–१ मा रहेको उक्त सेन्टरमा एकाबिहानै भएको आगलागीमा उक्त क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
पसलमा जडान गरिएको इन्भटर तथा विद्युत्को सप्लाई हुने तार सर्ट भई आगलागी भएको हो ।
आगलागीमा परी पसलमा रहेको कपडा, चप्पललगायत समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
प्रतिक्रिया