गण्डकी ग्रुपद्वारा जस्तापाता वितरण
इनेप्लिज
२०७२ जेठ २२ गते ४:०० मा प्रकाशित
काभ्रे (जोगिटार), २२ जेठ । गण्डकी ग्रुप नेपालले काभ्रेपलाञ्चोक चण्डेनीमण्डन गाविसको जोगिटारका भूकम्पपीडित ९८ घरपरिवारलाई राहतस्वरुप बिहीबार जस्तापाता वितरण गरेको छ ।
काठमाडौँबाट करिब ६२ किलोमिटर पूर्वको सो गाउँका भूकम्पपीडितलाई रु दुई लाख ५० हजार मूल्य बराबरको ५५ बण्डल जस्तापाता वितरण गरिएको गण्डकी ग्रुप नेपालका महाप्रबन्धक यज्ञेश्वर पोखरेलले बताउनुभयो ।
“जोगिटारका पक्की घरबाहेक सबै घर ध्वस्त भएकाले त्यहाँका ९८ परिवारलाई केही न केही राहत मिलोस् भनेर समूहका तर्फबाट जस्ता वितरण गरिएको हो,” महाप्रबन्धक पोखरेलले भन्नुभयो ।
गाविसका करिब नौसय घरमध्ये आठ दशवटा पक्कीबाहेक बाँकी सबै घर ध्वस्त भएको स्थानीय केशव नेपालले बताउनुभयो ।
विनाशकारी भूमम्पबाट उक्त गाविसमा ३५ जनाको मृत्यु भएको थियो ।
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
प्रतिक्रिया