आगलागीका कारण करिब आठ लाखको क्षति

इनेप्लिज २०७२ जेठ २१ गते ४:५६ मा प्रकाशित

aaglagi1पाँचथर, २१ जेठ । पाँचथरको फाक्तेप–६ मा गएराति भएको आगलागीबाट एउटा घर पूर्णरुपमा जलेर नष्ट हुँदा रु आठ लाखभन्दा बढीको क्षति भएको छ ।

सञ्जल चेम्जोङ र रत्नबहादुर चेम्जोङको घरमा सुरु भएको आगलागीका कारण घरमा भएको लत्ताकपडा, भाडावर्तनलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको स्थानीय क्षितिज चेम्जोङले जानकारी दिनुभयो ।

प्रहरी चौकी पञ्चमी र स्थानीयको सक्रियतामा प्रहरीले झन्डै चार घन्टापछि आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया