अरुलाई बचाउन जाँदा आफै संसारबाट बिदा भए डा. सन्दीप

इनेप्लिज २०७२ जेठ २० गते १४:३६ मा प्रकाशित

 

Dr-Sandeep-mahat-600x600

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौँ, २० जेठ । भूकम्प पीडितको औषधोपचारमा जुटेका डा. सन्दीप महत आफै संसारबाट बिदा भएका छन् । महाभूकम्पबाट हजारौँको ज्यान गयो । सयौँ अझै पनि जीवनमरणको दोसाँधमा छन् । तिनै सर्वसाधारणको सेवामा खटिएका डा. सन्दीप महत मंगलबारबाट सदाका लागि संसारबाट बिदा भएका छन् । अरुको भलाइका लागि खटिँदाखटिँदै उनी आफैले जीवन हारेका छन् । विनाशकारी भूकम्पपछि पीडितहरुको घाउमा मल्हम लगाउन बिभिन्न जिल्लामा पुगेका थिए, डा. सन्दीप । मंगलबार पनि यही सिलसिलामा उनी सिन्धुपाल्चोकमा पुगेका थिए । मंगलबार सिन्धुपाल्चोकमा भएको माउन्टेन एयरको हेलिकप्टरमा चार जनाको ज्यान गयो, त्यसमा सन्दीप पनि परे । क्याप्टेन सुबेक श्रेष्ठले उडाएको हेलिकप्टरमा डा. सन्दीपसँगै उनका स्वास्थ्यकर्मी साथीहरु शेरबहादुर कार्की र हल्यान्डकी नर्स नागरिक जेसिका पनि थिए । उनीहरु सबैको जीवनलिला मंगलबार दिउँसो सिन्धुपाल्चोकको यमुनाडाँडामा सकिएको छ । डा. सन्दीपले काठमाडौँको अस्कल क्याम्पसबाट आइएससी गरेका थिए । त्यसपछि एमबीबीएस गर्न बंगलादेश पुगे । बंगलादेशबाट एमबीबीएस गरेर फर्केपछि उनी खोटाङ, कालिकोट जस्ता जिल्लामा पुगेर काम गरे । कोशीमा आएको बाढीमा समेत उनले सेवा दिए । केही समय भुटानी शरणार्थीको सेवामा समेत जुटेका थिए । उनीसँगै आइएससी पढेका ऋषि खनालका अनुसार, डा सन्दीपका दुई छोरी र श्रीमती छन् । उनी आमाबुवाका साथमा काठमाडौंको पेप्सिकोलामा बस्दै आएका थिए । दुई हप्ताअघिमात्रै सन्दीपसँग भएको कुराकानी सम्झँदै सुर्खेतमा रहेका ऋषिले दैनिक नेपालसँग टेलिफोनमा भने, ‘उनी साह्रै मिलनसार, शान्त र परोपकारी थिए । एउटा असल डाक्टर राज्यले गुमायो ।’

Dr-Sandeep-mahat1-300x300

प्रतिक्रिया