एमाले केन्द्रीय सदस्यलाई मातृशोक

इनेप्लिज २०७२ जेठ २० गते १४:२३ मा प्रकाशित

काठमाडौँ, २० जेठ । नेकपा (एमाले) ले वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठकी आमा चन्द्रमाया श्रेष्ठको आज ८७ वर्षको उमेरमा निधन भएकामा समवेदना व्यक्त गरेको छ ।

श्रेष्ठको मङ्गलबार बिहान मोरङको टाँडी–८ स्थित आफ्नै घरमा निधन भएको थियो । काठमाडौंको लप्सीफेदी–नाङ्लेभारेमा कार्यस्थलमा खटिरहेको बेला आमा बिरामी भएको खबर सुनेर रुपनारायण मोरङतर्फ लाग्नुभएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति जारी गरी समवेदनाका साथै दिवंगत आत्माप्रति श्रद्धाञ्जलि प्रकट गर्नुभएको छ ।

अभियान जारी
यसैबीच, स्वयम्सेवक परिचालन अभियानको आज ११ औँ दिन देशका २५ जिल्लाका ७६ निर्वाचन क्षेत्रमा आफ्ना नेता–कार्यकर्ता काममा जुटिरहेको एमालेले जनाएको छ ।

हालसम्म यस अवधिमा अस्थायी घर तथा विद्यालय गरी करिब ८ हजार १ सय अस्थायी संरचना निर्माण गरी हस्तान्तरण गरिएको एमालेका प्रचार विभागका उपसचिव सूर्य थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया