राष्ट्रपतिद्वारा चिनियाँ राष्ट्रपतिलाई समवेदना
इनेप्लिज
२०७२ जेठ २० गते १३:५७ मा प्रकाशित
काठमाडौँ, २० जेठ । राष्ट्रपति डा रामवरण यादवले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई आज एक समवेदना सन्देश पठाउँदै चीनको हुवेइ प्रान्तमा भएको पानीजहाज दुर्घटनामा परी धेरैजनाको निधन भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
नेपाल सरकार, नेपाली जनता र आफ्नातर्फबाट राष्ट्रपति सीलाई पठाउनुभएको सन्देशमा राष्ट्रपतिले याङ्जी नदीमा गत सोमबार भएको उक्त दुर्घटनामा ज्यान गुमाएकाहरुको चिरशान्तिको कामना गर्नुभएको छ ।
“यो दुःखद् घटनाले हामीलाई स्तब्ध र दुःखित तुल्याएको छ, आफ्ना प्रियजन गुमाएका शोकाकुल परिवारप्रति हाम्रो समवेदना छ,” दुःख र कठिनको यो घडीमा चिनियाँ सरकार र त्यहाँका जनतामा ऐक्यबद्धता प्रकट गर्दै राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया