नेजाद्धारा तीन अग्रज पत्रकारहरुसँग भेटघाट

इनेप्लिज २०७२ जेठ २० गते ९:५९ मा प्रकाशित

नेपाल अमेरिका पत्रकार संघ-नेजाले हाल अमेरिका भ्रमणमा रहेका अग्रज पत्रकारहरुको स्वागतमा एक भेटघाट र छलफल कार्यक्रम आयोजना गरेको थियो । स्थानीय संचारकर्मी र समुदायका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा हाल अमेरिका भ्रमणमा रहनु भएका तीन अग्रज पत्रकारहरु युवराज घिमिरे,गोपाल थपलिया र हरि अधिकारीले पत्रकारितामा आ-आफ्ना अनुभव बारे बोल्नु भएको थियो । उहाँहरुले राष्ट्रिय संकटको घडीमा विदेशस्थित नेपालीहरु र मिडियाले खेलेको सकारात्मक भूमिकाको प्रशंसा समेत गर्नु भएको थियो ।

 

प्रतिक्रिया