अत्यधिक गर्मीका कारण दाङका निजी विद्यालय चार दिन बन्द

इनेप्लिज २०७२ जेठ २० गते ५:२६ मा प्रकाशित

garmiतुलसीपुर (दाङ), २० जेठ । दाङमा अत्यधिक गर्मीका कारण मङ्गलबारदेखि यहाँका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन् ।

निजी विद्यालयका यहाँ दुईवटा सङ्गठन प्याब्सन र एनप्याब्सनले मङ्गलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने मङ्गलबार संयुक्त निर्णय गरेपछि विद्यालय बन्द गरिएको प्याब्सन दाङका अध्यक्ष यादव गिरीले जानकारी दिनुभयो ।

उहाँले गर्मीका कारण विद्यार्थीलाई विद्यालयमा आउन नसक्दा पठनपाठनमा असर पुग्ने हँुदा सो निर्णय गरेको बताउनुभयो ।

दाङमा केही दिनअघि तापक्रम ४१ डिग्री पुगेको थियो ।

प्रतिक्रिया