ट्याक्टरले किच्दा एकको मृत्यु

इनेप्लिज २०७२ जेठ १९ गते १६:२० मा प्रकाशित

tractor_610418047लम्की (कैलाली), १९ जेठ । कैलालीको धनसिंहपुरमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो धनसिंहपुर–५ खैरीपुर मिलनचोकमा हुलाकी सडक नजिकै खक्र्रौलाबाट सत्तीतर्फ जाँदै गरेको से१त २६०५ नम्बरको ट्याक्टरले किच्दा खक्र्रौलाबाट टीकापुर आउँदै गरेको से२प ८७७० नम्बरको मोटरसाइकलमा सवार बौनिया–२ का १८ वर्षका मनोज चौधरीको मृत्यु भएको हो ।

गम्भीर घाइते चौधरीको टीकापुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकल पछाडि बसेका मनोज खसेका थिए ।

प्रतिक्रिया