पोखरा विमानस्थल खुल्यो
इनेप्लिज
२०७२ जेठ १९ गते १६:०९ मा प्रकाशित
कास्की, १९ जेठ । गोमा एयरको विमान धावनमार्गमा दुर्घटना भएपछि अवरुद्ध पोखरा विमानस्थल खुलेको छ ।
काठमाडौँबाट आएका प्राविधिकले दुर्घटना भएको उक्त विमान धावनमार्गबाट हटाएपछि विमानस्थल सञ्चालनमा आएको हो ।
जोमसोमबाट पोखरा आएको सो विमान अवतरण गर्ने क्रममा अगाडिको पाङ्ग्रा नखुल्दा धावनमार्गमा दुर्घटनामा परेको थियो ।
विमान दुर्घटना भए पनि यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेका पोखरा विमानस्थलका प्रमुख दीपक बरालले बताउनुभयो । विमानमा १८ यात्री र चालकदलका तीन जना सदस्य थिए ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया