मेलम्चीका विद्यालय सञ्चालन हुदै

इनेप्लिज २०७२ जेठ १८ गते ४:२३ मा प्रकाशित

schoolमेलम्ची, १८ जेठ । भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१२ स्थित श्री शीतलादेवी माविको पठनपाठन आजबाट सुरु भएको छ ।

भूकम्पबाट भग्नावशेषमा परिणत भएको सो विद्यालयलाई स्थानीय समाजसेवी प्रेम विकको नेतृत्वमा ५० जना दलित समुदाय मिलेर विद्यालयको भग्नावेशष हटाई सफा गरी पठनपाठन सञ्चालन गर्ने वातावरण मिलाएको उक्त विद्यालयका प्रधानाध्यापक बालकृष्ण दाहालले बताउनुभयो ।

सरकारले आइतबारदेखि विद्यालय सञ्चालन गर्ने बताइरहँदा आइतबारदेखि खोलिएको हीरादेवी निमाविमा पनि विद्यार्थी न्यून सङ्ख्यामा मात्र उपस्थित भएका र उनीहरुलाई पनि खुल्ला चौरमा राखी मनोपरामर्शलगायत नाचगानसहित मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको सो विद्यालयका प्रधानाध्यापक गणेश दाहालले जानकारी दिनुभयो ।

त्यसैगरी, बिपी स्मृति प्राथमिक विद्यालयमा पनि विद्यार्थी कम सङ्ख्यामा मात्र विद्यालयमा उपस्थित भएका छन् । विद्यालयका सातवटा कक्षाकोठाको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको र सो विद्यालयमा हाल त्यही भवनको पुराना जस्तापाताको टहरो निर्माण गरी कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक प्रकाश बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया