खोटाङमा भूकम्पपीडितलाई चौध लाखको जस्तापाता वितरण
इनेप्लिज
२०७२ जेठ १७ गते १५:०९ मा प्रकाशित
खोटाङ, १७ जेठ । तेज—तिलासरी फाउन्डेसनले आज खोटाङको नुनथलाका २६ घरधुरीका भूकम्पपीडितलाई १३८ बण्डल जस्तापाता प्रदान गरेको छ ।
हाल हङकङमा बस्दै आएका नुनथला–२ का समाजसेवी तेजबहादुर राईले सञ्चालन गरिरहेको फाउन्डेसनले २६ भूकम्पपीडित परिवारलाई रु १४ लाख बराबरको जस्ता प्रदान गरेको हो ।
भूकम्पका कारण विस्थापित बनेका पीडितलाई अस्थायी टहरा बनाउन गाउँमै जस्ता ल्याएर हस्तान्तरण गरिएको तेज–तिलासरी फाउन्डेसनका सञ्चालक राईले बताउनुभयो ।
भूकम्प पीडितलाई प्रतिपरिवार पाँच बण्डलका दरले जस्ता प्रदान गरिएको छ ।
फाउन्डेसनले निम्न आर्थिकस्तर भएका जिल्लाका २० भूकम्पपीडित परिवारलाई चामलसमेत बाँडेको छ जसमा निम्न आर्थिकस्तर भएका पीडित परिवारलाई प्रतिपरिवार ५० केजीका दरले चामल बाँडिएको थियो ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया