आइतबार, साउन १० २०७८
काठमाडौं १५:५०
वासिङटन डिसी 06:05

भक्तपुरका भूकम्प पिडितहरूलाई अमेरिकाबाट गएका दाहाल द्वारा सहयोग

इनेप्लिज २०७२ जेठ १६ गते १४:४७ मा प्रकाशित

sunil

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको वर्कमा बसोबास गर्ने सुनिल मणि दाहालले १ सय ३५ भूकम्प पिडितहरूको लागी व्यक्तिगत सहयोग प्रदान गरेका छन l

भूकम्प पछीको सम्भावित संडंक्रमणको अवस्थालाई मध्य नजर गरी सो सम्बन्धी रोकथाममा सहयोग गर्न मे ३०,२०१५ मा निकासेरा युथ क्लव, भक्तपुर संगको समन्वयमा निकासेरा,मध्यपुर ठिमी-३, भक्तपुरका ३५ परिवारलाई मास्क ,पानी शुद्ध पार्ने औषधी, हातमा लगाउने पन्जा , हात सफा गर्ने वाईप/जेल, टर्ट लाईट, मच्छर व्यान्ड, केटाकेटीहरूको लागी खेलौना र लुगा सहितको “सरभाईवर किट” उपलब्ध गराएका छन् l

यस कार्यक्रमको उद्देश्यका बारेमा स्थानीय समाजसेवी महेश घिमिरेले प्रकाश पारेका थिए भने पार्नु क्लवका उपाध्यक्ष निशुल प्रजापतिले क्लवको कार्य तथा स्थानीय भूकम्प पिडितको अवस्थाका वारेमा जानकारी गराएका थिए l यस अगाडी दाहालले चार घरे, नुवाकोटका १०० परिवारलाई सोहि वमोजिमको सहयोग वितरण गरेका थिए भने यसरि अमेरिका बाट नेपाल गै दाहालको सहयोगले १ सय ३५ भूकम्प पिडित परिवार लाभान्वित भएका छन l

प्रतिक्रिया