तीन अग्रज पत्रकारसँगको अन्तरक्रियामा हार्दिक आमन्त्रण

इनेप्लिज २०७२ जेठ १६ गते १३:०७ मा प्रकाशित

Yubaraj Ghimire,Gopal Thapaliya,Hari Adhikari

भर्जिनिया,अमेरिका,मे २९ | नेपाल अमेरिका पत्रकार संघ-नेजाले हाल अमेरिका भ्रमणमा रहेका तीन अग्रज पत्रकारहरुसँग एक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ | आगामी आइतवार साँझ भर्जिनियाको स्प्रिंगफिल्डस्थित एक रेष्टुरेन्टमा यस्तो अन्तरक्रिया कार्यक्रम गर्न लागिएको जानकारी नेजाका अध्यक्ष गौतम दाहालले दिनु भएको छ | अन्तरक्रियामा हाल अमेरिका भ्रमणमा रहनु भएका नेपाली सञ्चार जगतका तीन अग्रज पत्रकारहरु अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक युवराज घिमिरे,छलफल साप्ताहिकका प्रधान सम्पादक गोपाल थपलिया र समालोचक,साहित्यकार हरि अधिकारी सहभागी हुनु हुनेछ | उहाँहरुले नेपाली पत्रकारिता र यसका विविध आयामका बारे आ आफ्नो अनुभवसहित चर्चा गर्नुहुनेछ | डिसी क्षेत्रमा रहेका संचारकर्मी र संचार क्षेत्रका बारे चासो राख्ने सबैलाई नेजाले कार्यक्रममा सहभागिताका लागि आग्रह गरेको छ |

नेजाले आयोजना गर्न लागेको कार्यक्रम सम्बन्धी विस्तृत जानकारी :

कार्यक्रम:

मिति: मे ३१,२०१५ आइतवार

समय: साँझ ६:३० बजेदेखि ९:०० बजेसम्म

स्थान: निराला रेष्टुराँ

Niralla Sweets & Restaurant

7038 Spring Garden Dr

Springfield, VA 22150-2902

Phone: 7039239460

थप जानकारीका लागि

गौतम दाहाल

अध्यक्ष,नेजा

फोन: 410 908 8744

विश्वराज थापा

क्षेत्रीय संयोजक,नेजा

फोन: 571 241 7091

आयोजक:

नेपाल अमेरिका पत्रकार संघ (नेजा)

प्रतिक्रिया