शुक्रबार, साउन २२ २०७८
काठमाडौं ०३:३५
वासिङटन डिसी 17:50

नेका झापाका सभापति थापालाई पितृशोक

इनेप्लिज २०७२ जेठ १६ गते ४:०१ मा प्रकाशित

भद्रपुर, १६ जेठ । नेपाली काँग्रेस झापाका सभापति उद्धव थापालाई पितृशोक परेको छ ।

सभापति थापाको बुबा ९१ वर्षीय हेमबहादुर थापाको गएराति ९ बजे अर्जुन धारा गाविस–२ स्थित आफ्नै निवासमा निधन भएको हो ।

फोक्सोको बिरामी थापा केही दिनदेखि अस्वस्थ रही उपचारका क्रममा रहेको पारिवारिक सूत्रले जनाएको छ ।

स्व थापाको श्रीमती, एक छोरा बुहारी र दुई नाति रहेका छन् ।

राजनीतिक एवम् धार्मिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको स्व थापा अर्जुनधारा जलेश्वधाम विकास समितिको उपाध्यक्ष हुनुहुन्थ्यो ।

उहाँलाई आजै कनकाई माइधारमा दाहसंस्कार गरिने कार्यक्रम रहेको नेपाल प्रेस युनियन झापा शाखाको सभापति कृष्ण हुमागाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया