बैसरीको पहिरो पीडितलाई सोलार सहयोग

इनेप्लिज २०७२ जेठ १६ गते ३:०४ मा प्रकाशित

solarम्याग्दी, १६ जेठ । म्याग्दीको बैसरीका पहिरो पीडितलाई म्याग्दी ट्याक्सी व्यवसायी समितिले सोलार सहयोग गरेका छन् ।

भीषण पहिरोले बस्ती पुरेपछि विस्थापित बनेर बेनी–जोमसोम सडकखण्डअन्तर्गत पिप्ले गाविसमा पर्ने सार्वजनिक जग्गामा अस्थायी शिविरमा बस्दै आएका पहिरो पीडितलाई समितिले सोलार सेट उपलब्ध गराएको हो ।

म्याग्दी ट्याक्सी व्यवसायी समितिका अध्यक्ष दलबहादुर पुनले हाल १५ वटा अस्थायी टहरामा बसेका पीडितलाई रु २० हजार बराबरको सोलार सेट हस्तान्तरण गरेको बताउनुभयो ।

प्रतिक्रिया