बेनी (म्याग्दी), १६ जेठ । म्याग्दीको दाना गाविसमा अवस्थित ज्ञान प्रकाश उच्चमाविमा शिक्षाको विकासका लागि विदेशमा रहेका दानावासीले रु एक करोड १५ लाखको शिक्षा विकास अक्षयकोष स्थापना गरिदिएका छन् ।
अमेरिका, बेलायत, अस्ट्रेलियालगायत मुलुकमा रहेका दानावासीले सङ्कलन गरेको सो रकमको चेक शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा पत्रकार सम्मेलन गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
फेन्ड्ली ब्रर्दश दाना सेरोफेरो युकेका अध्यक्ष तथा आर्थिक संयोजक कृष्ण पुनले ज्ञान प्रकाश उमाविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जालाई चेक हस्तान्तरण गर्नुभएको हो
प्रतिक्रिया