बङ्गलादेशबाट आएको चामल सुरक्षित छ: खाद्य संस्थान
इनेप्लिज
२०७२ जेठ १५ गते १६:१७ मा प्रकाशित
काँकडभिट्टा (झापा), १५ जेठ । भूकम्पपीडितका लागि बङ्गलादेश सरकारले उपलब्ध गराएको नौ हजार ९९८ दशमलव २५ मेट्रिक टन चामलमध्ये छ हजार ८४५ दशमलव ३५ मेट्रिक टन चामल झापाकै गोदाममा सुरक्षित रहेको नेपाल खाद्य संस्थानको मेची अञ्चल कार्यालयले जनाएको छ ।
पूर्वी नाका काँकडभिट्टा हुँदै राहतस्वरुप झापा आएको सो परिमाणको चामलमध्ये तीन हजार १५२ दशमलव ९० मेट्रिक टन चामल भूकम्प प्रभावित जिल्ला पुगिसकेको र बाँकी चामल झापामै रहेको कार्यालयले जनाएको हो ।
प्रभावित जिल्लामा पठाएर बाँकीे रहेको चामल खाद्य संस्थानका विर्तामोडस्थित चारवटा र चन्द्रगढीका दुईवटा गोदाममा सुरक्षित रहेको संस्थानका मेची अञ्चल प्रमुख मार्कण्डेयप्रसाद जयसवालले जानकारी दिनुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया