जुवाको खालबाट पाँच जुवाडे पक्राउ

इनेप्लिज २०७२ जेठ १५ गते १५:४४ मा प्रकाशित

pakraauसुरुङ्गा (झापा), १५ जेठ । दक्षिणी झापाको राजगढबाट प्रहरीले पाँच जना जुवाडेलाई आज अपराह्न जुवाको खालबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजगढ–६ निवासी तारा गड्तैला, राजगढ कै श्याम तामाङ, शान्तिनगर निवासी रामकुमार राई, बिर्तामोड निवासी छविलाल विक र शनिअर्जुन नगरपालिका निवासी लेखनाथ भण्डारी रहेका छन् । उनीहरुलाई राजगढ–३ स्थित बुट्टावारीको मकैवारीमा जुवा खेलिरहेको अवस्थामा नगद ६५ हजार १७० रुपैयाँ, जुवा खेल्न प्रयोग गरिने कौडा र उनीहरुले प्रयोग गरेका पाँच वटा मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक रवीन्द्रथान रेग्मीले जानकारी दिनुभयो ।

विगत लामो समयदेखि राजगढमा जुवा खेलाइने गरेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका पाँच जनालाई जुवा ऐन अन्र्तगत मुद्दा चलाइने बताइएको छ ।

प्रतिक्रिया