अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा प्रभातफेरी
इनेप्लिज
२०७२ जेठ १५ गते ४:४८ मा प्रकाशित
काठमाडौँ, १५ जेठ । आठौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज यहाँ प्रभातफेरीको आयोजना गरिएको छ ।
नेपाल पर्यटन बोर्डमा अवस्थित प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एड्मन्ड हिलारीको सालिकमा माल्यार्पण गरी सुरु भएको प्रभातफेरी पद्मोदय मोड, पुतलीसडक, कमलादी, घण्टाघर, रत्नपार्क हुँदै पर्यटन बोर्डमा पुगेको छ ।
प्रभातफेरीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पा, सचिव सुरेशमान श्रेष्ठ, मन्त्रालयका उच्चअधिकारी, स्वदेशी तथा विदेशी आरोहीलगायतको सहभागिता छ ।
नेपालमा सन् २००८ देखि अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन सुरु गरिएको हो ।
अघिल्लो वर्ष भव्यरुपमा दिवस मनाइएको भएपनि यो वर्ष विनाशकारी भूकम्पको विपत्तिले गर्दा सामान्य कार्यक्रम मात्र गरी मनाउने मन्त्रालयले जनाएको छ ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया