ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

इनेप्लिज २०७२ जेठ १५ गते ४:४१ मा प्रकाशित

accident-signबेनी (म्याग्दी), १५ जेठ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि विद्यालय निर्माणका लागि सिमेन्ट र बालुवा लिएर बेनी नगरपालिका–५ छापातर्फ जाँदै गरेको ग १ त ३४५२ नम्बरको महेन्द्रा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

बिहीबार साँझ विद्यालयको लागि सिमेन्ट र बालुवा लिएर गाउँतर्फ जाँदै गरेको उक्त ट्याक्टर बेनपा–५ छापाको डाँडाँबारीमा बिहीबार साँझ दुर्घटना हुँदा घाइते भएका चालक भीमबहादुर विक र सहचालक सविन खत्रीलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा लगिएकामा उपचारकै क्रममा राति १२ बजे सहचालक खत्रीको मृत्यु भएको ट्याक्टरका मालिक नारायण खत्रीले जानकारी दिनुभयो ।

घाइते चालक विकको मणिपालमा नै उपचार भइरहेको छ ।

प्रतिक्रिया