ढकालको अर्को उपन्यास
काठमाडौ, जेष्ठ १३ – साहित्यकार नारायण ढकाल नयाँ उपन्याससहित पाठकमाझ आएका छन् । ‘वृषभ वध’ महाभूकम्पको असरका कारण विमोचन नै नगरी बजारमा ल्याइएको प्रकाशक फाइन प्रिन्टका नीरज भारीले विज्ञप्तिमा बताएका छन् ।
विज्ञप्ति अनुसार, ‘वृषभ वध’ काठमाडौंको उत्तरपूर्वी गाउँको पचास वर्षअघिको कथा हो । एउटा साँढेको विषयलाई लिएर कसरी स्थानीयदेखि केन्द्रीय राज्य प्रशासन र राजनीति प्रभावित भए र तिनले त्यो घटनालाई आफूअनूकुल कसरी प्रयोग गरे भन्ने वर्णन उपन्यासमा ।
अघिल्ला झैं ‘वृषभ वध’ पनि राजनीतिक उपन्यास हो । ढकालले भनेका छन्, ‘कृतिमा एक कालखण्डको जुन झलक पाइन्छ, त्यसले त्यो समय बिर्सेका र नदेखेका पाठकलाई उत्साहित बनाउनेछ ।’ ढकालका तीन उपन्यास, पाँच कथा संग्रह तथा दुई/दुई बालकथा संग्रह, निबन्ध संग्रह र अनुवाद कृति प्रकाशित छन् ।
प्रकाशित मिति: २०७२ जेष्ठ १३ ०८:५३
साभार:इकान्तिपुर
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया