काठमाडौ, १३ जेठ । नेपाल प्रेस युनियनले आफ्नो २४औँ स्थापना दिवस आज विविध कार्यक्रमका साथ देशभरि मनाउँदै छ ।
‘भूकम्पपीडित पत्रकारका लागि केही गरौँ’ भन्ने नाराका साथ यस वर्षको स्थापना दिवस मनाउन लागिएको हो ।
युनियनको केन्द्रीय समितिले देशभरका सबै शाखाहरुलाई आ–आफ्नो अनुकूलका कार्यक्रमहरु गरेर श्रमजिवी पत्रकारको बारेमा छलफल चलाउन आग्रह गरेको युनियनका महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिनुभयो ।
लोकतन्त्रप्रति आस्था राख्ने पत्रकारहरुको सङ्गठनको रुपमा २०४८ सालमा युनियनको स्थापना भएको हो ।
यसको पहिलो निर्वाचित अध्यक्ष हरि अधिकारी हुनुहुन्छ भने रमेश तूफान, तारा बराल, कुलचन्द्र वाग्ले, मुरारी शर्मा, समिरजङ्ग शाह र किरण पोख्रेलले नेतृत्व सम्हालिसक्नु भएको छ । अहिले बद्री सिग्देल युनियनको अध्यक्ष हुनुहुन्छ ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको सदस्यता पाउने नेपालको पहिलो सङ्गठनको रुपमा रहेको नेपाल प्रेस युनियनमा देशभरिका झण्डै पाँच हजार लोकतन्त्रवादी पत्रकार आवद्ध रहेका छन् ।
प्रतिक्रिया